Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

सांसद शर्मा पक्राउ परेको जानकारी दिइयो सभामुखलाई


नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई दिएको छ।

प्रहरी अतिरिक्त महानिर्देशक किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएका हुन्। सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बिहीबार मण्डिखाटारबाट पक्राउ गरेको हो।

प्रहरीले सभामुख घिमिरेलाई पत्र पठाएर दिएको जानकारीमा सांसद शर्माको शैक्षिक प्रमाण पत्रबारेका विषय अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ

 


प्रतिक्रिया दिनुहोस !
विचार