Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

श्रीमतीको हत्या आराेपमा एक पुरुष पक्राउ


बर्दिया, आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको अभियोगमा बढैयाताल गाउँपालिका-१ सानोडाँफे बस्ने  ५१ वर्षीय कृपाल सुनारलाई  प्रहरीले पक्राउ गरेको छ ।

सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार