Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

राप्रपामा फेरि चर्कियो विवाद ( भिडियो सहित )


राप्रपाभित्रको पछिल्लो गुटबन्दी सतहमा आएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहितका नेताहरुले केहीदिनअघि पार्टीका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग चन्द निवासमा गरेको भेटले अध्यक्ष राजेन्द्र लिङदेन रुष्ट बनेका छन् ।

उनी बाहेकका पार्टीका माथिल्लो तहका नेताहरुलाई चन्द निवासमा बोलाइएको र त्यसले पार्टीभित्र असन्तुष्टी चुलिएको खबर सार्वजनिक भइहरहेका बेला अध्यक्ष राजेन्द्र लिङदेन शुक्रबार पार्टीका नेताहरुमाथि खनिए ।

नेताहरुलाई जुधाउने र बजाउने काम भइरहेको भन्दै उनले यताका कुरा उता र उता कुरा यता गर्ने प्रवृत्ति पार्टीमा मौलाएको भन्दै आक्रोश व्यक्त गरे । केहीदिनअघि चन्द निवासमा भएको भेटप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगाएतको नाम नलिई त्यसले पार्टीलाई राम्रो नगर्ने बताएका हुन् ।

उनले राप्रपा असफल भएकै राप्रपाका नेताहरुले काम नगरेका कारणले हो भन्दै अब आफूले यस्तो प्रवृत्तिलाई सहेर नबस्ने चेतावनी दिए । अध्यक्ष लिङदेनको यो चेतावनीलाई कतिपयले रवीन्द्र मिश्र लगायतका नेताहरुमाथिको चेतावनी भनेका छन् भने कतिपयले त्यसरी बुझ्न नहुने बताएका छन् ।

राजेन्द्र लिङदेनले दिएको चेतावनी रवीन्द्र मिश्रलाई नभई नेता डा.प्रकाशचन्द्र लोहनी लगायतलाई रहेको केहीको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार