Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

ह्वातै घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?


बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ । मंगलबार सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुन समेत गत मंगलबारको तुलनामा ६०० रुपैयाँले नै सस्तिँदै बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार