Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

चीनसँग रिसाए बालेन, रद्द गरे ५ दिने चीन भ्रमण


चीनले हालै मात्र प्रकाशन गरेको नयाँ नक्सामा नेपालको भुभाग लिपुलेक ,कालापानी र लिम्पियाधुरालाई भारतको नक्सामा देखाएर चीनको नक्सा प्रकाशन गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो ५ दिने भ्रमणलाई रद्द गरेका छन् ।

उनले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट गदै यसअघि नै तय भएको चिन भ्रमण नैतिकताका आधारमा रद्ध गरेको बताएका हुन् ।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् :
हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक , लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केहि दिन पहिले चिनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भुभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताका आधारमा नजाने निर्णय गरेको छु ।


प्रतिक्रिया दिनुहोस !
विचार