
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका पार्टीहरुमा अमेरिकाले दलालहरु खडा गरेको दाबी गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले एमसीसीमार्फत अमेरिकाले नेपालमा आफ्नो प्रभाव जमाउँन चाहेको र त्यही अनुरुप त्यसका समर्थक दलालहरु खडा गरेर ऊ अघि बढिरहेको दाबी गरेका हुन् ।
उनले अमेरिकाले चीन घेर्ने र ध्वस्त गर्ने केन्द्रका रूपमा नेपाल बनाएको दाबी समेत गरे ।
उनले भने, ‘अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने र ध्वस्त गर्ने हो । यो विश्व रणनीतिका निम्ति उसलाई काम लाग्ने सबैभन्दा आवश्यक ठाउँ नेपाल प¥यो, नेपाल परेकाले उसले लामो समयदेखि भित्री ढङ्गले यहाँ दलाल खडा गर्ने काम ग¥यो । चाहे त्यो कांग्रेस वा कम्युनिस्ट जुनसुकै पार्टीभित्र दलाल खडा गर्ने र आफ्ना इन्ट्रेस्टहरूलाई पुरा गर्ने गराउने कामहरू अमेरिकी साम्राज्यवाद लाग्दै आयो ।’
आफू प्रधानमन्त्री हुँदा पनि नेपाललाई के के सहयोग चाहिन्छ भनेर अमेरिकीहरुले सोधखोज गरेको खनालले बताए । तर, आफूले अमेरिकी चाहनालाई बुझेर वास्ता नगरेको दाबी समेत गरे ।