Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना


पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शुक्रबार बिहान शाहलाई छाती दुख्ने समस्या देखीएपछि ह्याम्स अस्पतालमा भर्ना भएका हुन ।

शाहको अहिले विभिन्न स्वास्थ्य परीक्षण भइरहेको चिकित्सकले बताएका छन । पारसको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । तर, मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको जनाइएको छ ।

शाहलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार