Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

बालेनकी श्रीमति ८ गते नै सुत्केरी । तर, किन आज भन्दै फैलाइयो हल्ला ?


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई एक हप्ताअघि नै पुत्रिलाभ भएको बुझिएको छ । तर, सामाजिक सञ्जालमा भने बालेनकी श्रीमति सविना काफ्ले आइतबार बिहान सुत्केरी भएको भन्दै बधाईको ओइरो लागिरहेको छ ।
शनिबार राती काठमाडौं महानगरपालिकाको गाडी प्रहरीले रोकिदिएको भन्दै सिंहदरबार जलाउँने उत्तेजक स्टाटस पोष्ट गरेपछि मेयर बालेन शाहले व्यापक आलोचना खेपिरहेका थिए । त्यो आलोचनाबाट बच्न बालेन शाहका समर्थकले एक हप्ताअघि नै सुत्केरी भएकी बालेन शाहकी श्रीमति सविना काफ्ले आइतबार सुत्केरी भएको र शनिबार बेलुकी सुत्केरी व्यथाले च्यापेपछि महानगरपालिकाको गाडीमा अस्पताल लगिएको आशय सहितका स्टाटस पोष्ट गरेका थिए ।

सुत्केरी व्यथाले च्यापेकी श्रीमति सवार महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेन आक्रोशित भएर सिंहदरबार जलाइदिन्छु भन्नु नौलो नभएको उनीहरुको तर्क थियो । तर, बालेन शाह निकट एक व्यक्तिले दिएको जानकारी अनुसार बालेन साहकी श्रीमति भने आइतबार नभई एक हप्ताअघि नै सुत्केरी भएकी थिइन् । शनिबार साँझ उनलाई सुत्केरी व्यथाले च्यापेर हस्पिटल लगिएको भन्ने खबर सही नभएको उनको भनाई छ ।

बालेन निकट स्रोतले नाम उल्लेख नगर्ने सर्तमा भन्यो, हामी पनि अचम्मित छौं किन यस्तो भइरहेको छ । बालेनजीलाई एक हप्ताअघि नै पुत्रिलाभ भएको हो । कुरा धेरै छन् तर, सबै नखोलौं । अस्पतालमा पनि यो विषय गुपचुप राखिएको थियो । उनले भने, यो कुरालाई परिवारले खोई किन हो एक साता सम्म अति नै गोप्य राख्यो । तर, एक सातापछि पुत्रिलाभ भन्दै बधाईको ओइरो शुरु भयो ।

यता अस्पताल स्रोतले पनि सविना काफ्ले एक हप्ताअघि नै सुत्केरी भएको जनाएको छ । प्राप्त जानकारी अनुसार बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिएकी थिइन् । तर, एक छोरीको स्वास्थ्यमा उतिबेलै ठूलो समस्या देखिएको थियो । सविना काफ्ले पनि दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । यद्यपि बालेन परिवारले भने यी कुनै पनि विषयमा केही मुख खोलेको छैन । बालेन पत्नी सविना गर्भवती छिन् भन्ने खबर केही साताअघि सार्वजनिक भएपनि यसबारे थप समाचार सार्वजनिक भएका थिएनन् ।

बालेन शाहले महानगरपालिकाका गाडी आइन्दा रोकेको खण्डमा सिंहदरबार जलाइदिने आक्रामक स्टाटस पोष्ट गरेपछि भने त्यसको भोलिपल्ट बिहानैबाट उनलाई पुत्रिलाभ भएको भन्दै बधाई सहितका स्टाटस उनका समर्थकहरुले पोष्ट गरे । सुत्केरी व्यथाले च्यापेकी श्रीमतीलाई रोक्दा बालेन आक्रोशित हुनु स्वभाविक भन्दै श्रीमति सवार गाडी प्रहरीले रोक्दा जो कोहीपनि आक्रोशित हुने जनाए । सिंहदरबार जलाइदिन्छु भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका बालेनको पक्षमा उनका समर्थकहरुले यसरी न्युज टुइष्ट गरे कि एक हप्ताअघि सुत्केरी भएकी बालेनकी श्रीमतिलाई शनिबार राती सुत्केरी व्यथाले च्यापेको भन्न भ्याए । यसले बालेनका पक्षमा सकारात्मक सेन्टिमेन्ट तयार भयो । बालेनको ओलोचनाले भरिएको सामाजिक सञ्जाल एकाएक बालेन इज बालेन भन्ने तहमा पुग्यो ।

बालेन निकट सामाजिक सञ्जाल रुटिन अफ नेपाल बन्दले बालेनलाई पुत्रिलाभ भएकोमा बधाई सहित स्टाटस पोष्ट गरेपछि धेरैले यही स्टाटसलाई फलो गरे । तर, बालेनलाई पुत्रिलाभ भएको खबर सत्य भएपनि यो एक हप्ताअघिकै कुरा थियो । ९ दिनअघि अर्थात भदौ ८ गते बालेनकी श्रीमति सविना काफ्ले मेडिसिटी अस्पतालमा सुत्केरी भएको बुझिएको छ । स्रोतका अनुसार बालेन पत्नी सविना काफ्ले ११ गते अस्पतालबाट डिस्चार्ज भएकी हुन् । तर, ११ गते नै डिष्चार्ज भएकी बालेनकी श्रीमतिलाई आइतबार बिहान सुत्केरी भएको र शनिबार व्यथाले च्यापेको भनिएपछि भने यो सबै बालेनको पछिल्लो आक्रामक स्टाटसको बचाउका लागि रचिएका प्लान भन्ने केहीको आरोपमा बल पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार