Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

प्रधानमन्त्रीको चीन भ्रमणका सबै एजेण्डा तय भएको छैन् : परराष्ट्रमन्त्री साउद


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले, प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालको पूर्धाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य शिक्षालगायत समग्र विषयमा सहयोगका लागि छलफल हुने बताएका छन् ।

प्रतिनिधि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको आसन्न चीन भ्रमणबारे जानकारी दिदैँ उनले, छलफलका ठोस ऐजेण्डा भने तय हुन बाँकी रहेको बताए ।

उनले भने ‘अहिले सबै ऐजेण्डाहरु फाइनल भई सकेको छैन् । यसमा ऐजेण्डाहरु छन्, पूर्वाधार विकास, कृषि उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालयागत विविध क्षेत्रमा गर्ने सहयोगका बारेमा छलफल चलिरहेको छ । सम्झौताका बारेमा पनि दुई पक्षबीच छलफल चलिरहेको छ।’


प्रतिक्रिया दिनुहोस !
विचार