Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

चार जनाको हत्यापछि शंकास्पद व्यक्ति ट्याक्सी चढेर प्रहरीकोमा


काठमाडौंको तीनकुनेमा गएराती भएको सामुहिक हत्या प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति आफैं ट्याक्सी चढेर प्रहरी चौकी पुगेको बुझिएको छ । धारिलो हतियार प्रयोग गरी ४ जनाको सामुहिक हत्या भएको केही समयपछि शरीरमा रगत लतपतिएको अवस्थामा एक व्यक्ति आफैंले ट्याक्सी रोकेर प्रहरी चौकी पुगेको बुझिएको हो ।

दोलखाका बालकृष्ण शिवाकोटीले सञ्चालन गर्दै आएको तिनकुनेस्थित दिव्य समिलको हाताभित्र गएराती ४ जनाको हत्या भएको थियो । हत्या भएका मध्ये तीन जना एकै परिवारका सदस्य हुन् भने अर्का एक जना मोरङका हुन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार घटनामा मिलमा गेट पालेका रुपमा काम गर्दै आएका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा ७६ वर्षिया शुभद्रा भुजेल र मोरङका नविन राईको मृत्यु भएको छ । घटनालगत्तै एक जना व्यक्ति आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । उनी २८ वर्षिय दीपेन्द्र राई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा र्पुयाइदिन भनेका थिए । यसैबीच प्रहरीले राईलाई र्पुयाउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । ट्याक्सी चालकले ती व्यक्ति रगत लतपतिएका कपडासहित आफ्नो टयाक्सीमा आएको प्रहरीलाई बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार