Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदको सजाय माफी


राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जनाको कैदको सजाय माफी गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार