![](https://aajakopress.com/wp-content/uploads/2022/12/kp-oli.jpg)
काठमाडौं, ३ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा हुन नसक्ने बताएका छन् । संविधान दिवसको अवसरमा बुधबार नारायणचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले जनतामा फाटो ल्याउने प्रवृत्ति र क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको बताएका हुन् । देशको उन्नति तथा जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पु¥याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा नभएको उनको भनाइ छ । संविधान प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने जोड दिएका उनले देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए । राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न छिटपुट रूपमा प्रयास भइरहेका बताउँदै उनले त्यस्ता क्रियाकलाले राष्ट्रिय एकतालाई खलबल्याउने बताए ।