Logo
२०८१, ५ असार मंगलवार
|  Tue Jun 18 2024

देशलाई बचाउने र बनाउने भए निर्णायक आन्दोलनको तयारीमा जुटौः कमल थापा


ललितपुर, २० असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको ललितपुर जिल्ला कार्य समितीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले ०६२÷६३ को परिबर्तन पछि मुलुकमा लागू गरिएको ‘रोडम्याप’ले मुलुकलाई गति दिन नसकिने दाबी गरेका छन् ।

अब राजा सहितको प्रजातन्त्र, सर्ब धर्म समभाब र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु अधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आबश्यक रहेको जिकिर गर्दै थापाले मुलुकमा कायम भ्रष्टाचार, बेथिति, धर्म परिबर्तन र कुशासनको अन्त्यको लागि आन्दोलनमा जोड दिए । संगठन निर्माण सङ्गै आन्दोलनको ब्यापक तयारीमा जुट्न समेत थापाले आग्रह गरेका छन् ।

मुलुकमा रहेको ब्रम्हलुटको अन्त्य र प्रमुख दलका केही प्रमुख नेताहरुको सेण्टिगेटले मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए । कार्यक्रममा महामन्त्री भाष्कर भद्रा, जिल्ला अध्यक्ष सुदर्शन केसीलगायत भातृ संगठनका प्रमुखहरुले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमबाट आगामी असोज २७ गते राप्रपा नेपाल ललितपुरको आयोजनामा लगनखेलमा सभा गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार