Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

राजसंस्था पक्षधरका कारण सदभाव खल्बलिएको अभिव्यक्ति दिएका सांसदलाई गिरफ्तार गर्न डा. झा को माग


राजा र राजसंस्था पक्षधरका कारण देशका विभिन्न स्थानमा धार्मिक तथा साम्प्रदायिक सदभाव खल्बलिएको भन्दै संसदमा जसपाका प्रमुख सचेतक प्रदीप यादवले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्र बचाउ अभियानका संयोजक डा.मनोजकुमार झाले यादवलाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेका छन् । यादवले लगाएको आरोप निराधार र कपोकल्पित भएको भन्दै उनले यस्ता अभिव्यक्तिका कारण सदभाव खल्बलिने खतरा बढेको भन्दै उनलाई गिरफ्तार गर्न माग गरेका हुन् ।

झाले एक विज्ञप्ती जारी गर्दै जसपाकै अर्का नेता आङकाजी शेर्पा र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष सराफत खानलाई पनि पक्राउ गर्न माग गरेका छन् । उनीहरुका उत्तेजित र उच्छृंखल अभिव्यक्तिका कारण ओमकार परिवारको आस्थामा गम्भिर चोट पुगेको भन्दै उनले मान्छे काट्ने र रगत चाट्ने जस्ता अभिव्यक्ति दिनेहरुलाई कारबाही नगर्दा त्यसबाट दंगा भड्किन सक्ने खतरा रहेको बताएका छन् । दिर्घकालिन शान्ति र सदभाव कायम गर्नका लागि पनि सरकारले उनीहरुलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने झा को भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार