Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

रास्वपाको नीति मन्थन : नेताहरु कार्यक्रम सञ्चालक, विज्ञहरु अतिथी


नीति र सिद्धान्त केही नभएको भन्दै विपक्षीहरुबाट आलोचना खेप्दै आएको रास्वपाले विपक्षीलाई जवाफ दिनेगरी राजधानीमा २ दिने नीति मन्थन कार्यक्रम शुरु गरेको छ ।

सोमबार बिहान सबेरैबाट शुरु भएको नीति मन्थन कार्यक्रम मंगलबार पनि दिनभर चल्नेछ । विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएर विज्ञका कुरा सुन्दै त्यसलाई रास्वपाको नीतिमा समावेश गर्नेगरी शुरु भएको यो कार्यक्रममा सोमबार दिनभर रास्वपाका सांसद र नेताहरु पर्यटन बोर्डको हलमा बसे ।

सोमबार बिहान ८ बजेबाटै चिया, खाना र खाजा उतै लिनेगरी शुरु भएको कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले दिनभर दर्शकदीर्घामा रहेर विज्ञका कुरा सुनिरहे ।
शासकीय व्यवस्था र समाजवादको बदलिँदो चरित्र शीर्षकको मन्थनमा विज्ञका रुपमा सिके लाल, सञ्जिव उप्रेती, अमिना सिंह र उत्तम बाबु श्रेष्ठ उपस्थित थिए भने शिक्षा, नयाँ प्रविधि र युवा शीर्षकको मन्थनमा डा, नीति अर्याल, डा.सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देल थिए ।

यस्तै स्वास्थ्य र पोषण शीर्षकको मन्थनमा डा.सन्दुक रुइत, डा. शम्भु आचार्य, डा.किरण रेग्मी थिए । रास्वपाका नेता तथा सांसदहरु कार्यक्रम सञ्चालक तथा विज्ञहरु अतिथीका रुपमा रहेको सो कार्यक्रम टेलिभिजन फर्मेटमा सञ्चालन गरिएको थियो । रास्वपाका नेताहरुले विज्ञहरुलाई प्रश्न गरेका थिए भने विज्ञहरुले उनीहरुको प्रश्नको जवाफ दिएका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार