Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

ज्ञानेन्द्र शाहीले आफूहरुको अपमान गरेको भन्दै जुम्लाका पत्रकाररुको विज्ञप्ती


पत्रकार र पत्रकारिता क्षेत्रप्रति पछिल्लो समयमा आक्रामक अभिव्यक्ति दिँदै आएका राप्रपाका प्रमुुख सचेतक ज्ञानेन्द्र शाहीले आफ्नो गृहजिल्ला जुम्लाका पत्रकारहरुको मानमर्दन गर्नेगरी अभिव्यक्ति दिएको भन्दै जुम्लाका पत्रकारहरुले आपत्ति जनाएका छन् ।

जुम्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका विभिन्न सञ्चार संस्था आबद्ध पत्रकारहरुले सोमबार एक विज्ञप्ती निकाल्दै सांसद शाहीलाई जथाभावी अभिव्यक्ति नदिन भनेका छन् ।

उनीहरुले निकालेको विज्ञप्तीमा दिशाहिन राजनीतिको उत्पादन ज्ञानेन्द्र शाही रहेको आफूहरुको ठहर भएको उल्लेख छ ।

ज्ञानेन्द्र शाहीले जुम्लाका पत्रकारहरुले पार्टी पत्रकारिता गरेको भन्दै दिएको अभिव्यक्तिले आफूहरुको अपमान भएको भन्दै उनीहरुले शाहीले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता नलिए शाही सहभागी कार्यक्रम नै बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार