
नेपालीहरुका महान चाड बडादशैं, तिहार, छठ लगायतका अवसरमा नेकपा एमालेले यही कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने भएको छ ।
विभिन्न राजनीतिक पार्टी, कुटनीतिक नियोग, विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्ति लगायतलाई निमन्त्रणा गरिने सो कार्यक्रम पार्टी कार्यालय ललितपुर च्यालसलमा गर्न लागिएको एमालेले जनाएको छ । यसका लागि विभिन्न पक्षलाई निमन्त्रणा गर्ने काम शुरु भएको बताइएको छ ।