Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

फेरि वैकल्पिक शक्ति खोल्ने बाबुरामको घोषणा


पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् ।

सामाजिक संजाल एक्स्मार्फत डा. भट्टराईले संविधान जारी भएपछि कान्तिकारीहरू नै सत्ताको चानीमा डुब्ने आँकलन गरेर नै आफूले नयाँ शक्ति निर्माणको अभियान थाले पनि पुरानाहरूलाई नै लिएर सुधार गर्ने आदर्श प्रयासले असफलता हात परेको स्वीकार गरेका छन् ।

“हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचारसहितको ‘नयाँशक्ति’ को आवश्यकता भनेका हौँ र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौँ । परन्तु बीचबीचमा हामीले तिनै प्रतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन,” डा. भट्टराईले लेखेका छन्, “केही समययता हामी आफ्ना गल्तीकमजोरीलाई सच्याएर नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौँ ।”

उनले पुराना दलहरूको अकर्मन्यता र गलत कर्मले नयाँ वैकल्पिक शक्ति निर्माणका आधार तयार गर्दै गरेको पनि उल्लेख गरेका छन् । नयाँ शक्ति खोलेर विभिन्न राजनीतिक दल हुँदै नेपाल समाजवादी पार्टीमा पुगेका डा. भट्टराईको यो घोषणालाई सामाजिक सञ्जालमा केहीले भने हसिमजाकमा उडाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार