नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघीय महासचिव एण्टोनियो गुटेरेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रकृया टुंगोमा पु¥याउन सहयोग गरिदिनका लागि भन्दै गुहार मागिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने गुटेरेसलाई प्रचण्डको पोल लगाइदिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण शान्तिप्रकृया निष्कर्षमा पुग्न नसकेको भन्दै ओलीले गुटेरेसलाई प्रचण्डको पोल लगाइदिएका हुन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा भएको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटेरेससँग भने, शान्तिप्रकृया प्रधानमन्त्री प्रचण्डकै कारण टुंगिसकेको छैन । पीडितहरुलाई ध्यानमा राखेर शान्तिप्रकृया छिट्टोभन्दा छिटो टुंग्याउन हामी चाहिरहेका छौं तर, प्रधानमन्त्रीज्यू, जो हिजो बिद्रोही नेता हुनुहुन्थ्यो, उहाँले नै यो सबै विषय टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढवा दिने खालको महिमा मण्डन गर्ने उहाँको क्रियाकलापले असहज जस्तो भएको छ ।’
युद्ध शुरु भएको दिनलाई दिवसका रुपमा मनाउँने प्रचण्ड नेतृत्वको सरकारको निर्णयका कारण द्धन्द्धकालिन पीडितहरुको घाउमा नुनचुक छर्कने काम भएको ओलीको भनाई थियो । ओलीले गुटेरेसलाई भने, खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा सेलिब्रेसन गर्ने जस्ता कामले पीडितहरु चिन्तामा छन् । गम्भीर अपराधमा आममाफी नहुने र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने एमालेको चाहना रहेको ओलीको भनाई छ । ओलीले गुटेरेससँग शान्ति प्रकृया टुंगोमा पु¥याउँनका लागि प्रमुख प्रतिपक्षीका हैसियतले सहयोग गर्ने बताएपछि गुटेरेसले मिलेर अघि बढ्न सुझाव दिएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । भेटका क्रममा गुटेरेसले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताएका थिए ।
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा गुटेरेसले शान्तिप्रकृयाका विषयमा चासो राखेका थिए भने प्रधानमन्त्री प्रचण्डले शान्ति प्रकृया टुंगोमा पु¥याउँनका लागि सहयोग र सदभावको आफूहरुले अपेक्षा गरेको बताएका थिए । संसदमा रहेको टिआरसी विधेयकबारे राजनीतिक दलहरुबीच सहमति जुट्न नसकिरहेका बेला संयुक्त राष्ट्रसंघका महासचिवसँग प्रधानमन्त्रीले शान्तिप्रकृया सम्बन्धि बाँकी काम पूरा गर्न सहयोगको अपेक्षा राखेको भन्नुलाई कतिपयले भने प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिवसँग गरेको गुहारका रुपमा अथ्र्याएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आउँदा शान्ति प्रकृयाबारे सत्तारुढ र प्रतिपक्षी दलहरुको एउटै स्वर हुनुपर्नेमा फरक फरक स्वर मुखरित हुँदा यसले भोलिका दिनमा समस्या पर्ने केहीको बुझाई छ । महासचिव गुटेरेस नेपाल भ्रमणमा आउँदा सबै दलको स्वर एउटै होस् भन्ने हेतुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिनअघिबाट विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
पछिल्लो पटक एमाले अध्यक्ष ओलीसँग पनि सिंहदरबारमा यही विषयमा छलफल भएको बताइएको थियो । तर, गुटेरेस आएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीको बोली यो विषयमा एउटै हुन सकेन । बरु शान्ति प्रकृया टुंगोमा पु¥याउँने विषयमा नेपालका राजनीतिक दलहरुबीच गम्भिर मतभेद रहेको सन्देश दिनेगरी नेताहरुले गुटेरेससँग संवाद गरे । नेपालको मूख्य राष्ट्रिय मुद्दामा विदेशीहरुसँग एउटै स्वर हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै कुटनीतिक क्षेत्रका जानकारहरुले पनि यसअघि देखि नै असन्तुष्टी जनाउँदै आएका छन् । दलका नेताहरु देशभित्रको राजनीतिमा जति नै हानाथाप र लुछाचुँडी गरेपनि विदेशीहरुका माझमा त्यो हानाथाप देखाउँनु बुदिमानी नभएको उनीहरुको भनाई छ ।