Logo
१८ श्रावण २०८३, सोमबार
|  Mon Aug 3 2026

फेरि ढलिन् भारती


आफ्ना पति चेतन मानन्धरको हत्या आरोपमा दोषी ठहर भई जेल जीवन बिताइरहेका रिगल भनिने योग ढकाललाई संविधान दिवसका अवसरमा राष्ट्रपतिले आममाफी दिएको विरोधमा आन्दोलन गर्दै आएकी भारती मानन्धर रिपोर्टस क्लबमा ढलेकी छिन् ।

दुई साताअघि सर्वोच्च अदालतको गेटमा ढलेकी मानन्धर रिपोर्टस क्लबमा आयोजित प्रेस मिटका क्रममा पुनः ढलेकी हुन् । रिपोर्टस क्लबमा कार्यक्रम चलिरहका बेला उनी मुर्छित भएपछि उनलाई त्यतैबाट अस्पताल लगिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले हत्या जस्तो जघन्य अपराधका दोषीलाई आममाफी दिएको भन्दै राष्ट्रपतिका विरुद्ध आवाज उठिरहेको छ ।

रिगललाई दिएको अममाफी फिर्ता लिएर सरकारले पुनः जेल पठाउनुपर्ने भन्दै सोमबार रिपोर्टस क्लबमा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्ना भनाई रोखका थिए । वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बोलिरहेका बेला भारती ढलेकी हुन् । त्यसअघि अभियन्ता तारा बराल लगायतले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार