Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

साइबर ब्युरोमा दुर्गा प्रसाईँलाई के के सोधियो ?


दुर्गा प्रसाइँलाई प्रहरी उच्च अधिकारीले जथाभावी नबोल्न चेतावनी दिँदै साइबर ब्युरोमा बोलाएको विषयलाई लिएर यतिबेला विभिन्न टिका टिप्पणी शुरु भएको छ । प्रसाईँको अभिव्यक्तिको विषयलाई लिएर केहीले प्रसाईँलाई कारबाही गर्नुपर्ने बताइरहेका बेला आइतबार दुर्गा प्रसाईँ आफैं साइबर ब्युरोमा गएका थिए । ब्युरोमा विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सन्दर्भमा प्रसाईँले दिएको अभिव्यक्तिबारे सोधपुछ भएको बुझिएको छ । प्रसाईँलाई ब्युरोका अधिकारीले एमाले अध्यक्षका विषयमा तपाईँले दिएको अभिव्यक्तिको आधार के हो भनी सोधेका थिए । प्रसाईँले केही समयअघि एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले कम्बोडियाको टेलिकममा करोडौं रुपैयाँ लगानी गरेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति पुष्टि हुने प्रमाण भए प्रमाण उपलब्ध गराउँन अन्यथा कारबाही भोग्नका लागि तयार रहन प्रहरी सोधपुछका क्रममा प्रसार्इँलाई भनिएको बुझिएको छ ।

यता प्रसार्इँ पक्षधर र केही स्वतन्त्र अभियन्ताहरुले भने प्रसाईँले दिएको अभिव्यक्तिबारे प्रमाण खोज्ने काम प्रहरीको भएको भन्दै प्रसाईँलाई अनावश्यक टर्चर नदिन सरकारलाई चेतावनी दिएका छन् । प्रसाईँलाई साइबर ब्युरोले सोधपुछ गरेको केही समयमा नै अधिवक्ता स्वागत नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीमाथि अनुसन्धान गर्नुपर्नेमा प्रहरीले प्रसाईँमाथि अनुसन्धान गरेर गलत काम गरेको भनेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :

कानुन बमोजिम प्रहरीले दुर्गा प्रसाईं होइन ओलीमाथि अनुसन्धान गर्नुपर्छ, चाकरी होइन ।।।
प्रमाण प्रहरीले अनुसन्धान गरेर खोज्नु पर्ने हो कि प्रमाण दे भनेर दुर्गा प्रसाईंसँग माग्ने हो रु कुनै पनि मुद्दाको बारेमा सञ्चार माध्यममा आएका विषयलाई जानकारीमा लिएर अनुसन्धान शुरु गर्ने गरिन्छ विश्वका प्रहरी अनुसन्धानकर्ममा । प्रहरीलाई सञ्चार माध्यम मार्फत र अन्य तरिकाले क्लु दिने व्यक्तिलाई नै प्रमाण देऊ नभए पक्राउ गर्छु भनिँदैन । बाँकी प्रमाण अनुसन्धान गरेर प्रहरीले संकलन गर्ने हो । तर क्लु दिई सकेपछि प्रमाण पनि दे भनेर भन्ने कस्तो प्रहरी अनुन्धान हो रु प्रहरीले दुर्गा प्रसाईंको सहयोग लिने हो । प्रमाण दे नत्र पक्राउ गर्छु भन्ने होइन । ओलीको पक्षमा अनुसन्धान गर्ने प्रहरी ओलीको घरको पुलिस हो रु कि त ओलीले मेरो मानमर्दन भयो भनेर जाहेरी दिएको हुनुपर्छ । जाहेरी दिइएको छ ओलीको तर्फबाट रु सर्वसाधारणले त जाहेरी दिए पनि यसरी अनुसन्धान हुँदंन त १ म एक अधिवक्ताको हैसियतमा भन्छु( प्रहरी ओभर प्रोएक्टिभ बनेर ओलीको पक्षमा काम गर्दैछ । ओलीको होइन देशको पक्षमा काम गर्नुपर्छ । ओलीले जोहरी नदिई ओलीको विरुद्ध किन बोलिस् प्रमाण दे नत्र पक्राउ गर्छु भन्ने होइन कि पहिला ओलीमाथि छानबिन गर्नुपर्छ । मलाई गलत अरोप लगाइयो कारवाही होस् भनेर ओलीको जाहेरी नपरी प्रहरीले दुर्गा प्रसाईंलाई केरकार गर्ने काम ओलीको चाकरी हो । यसबाट स्थिति भड्काउन मात्र खोजिएको छ । स्थिति भड्काउने काम प्रहरीबाटै नहोस् ।

यता ओली पक्षधरहरुले भने, दुगाृ प्रसार्इँलाई सोधपुछ मात्रै गरेर नहुने बताएका छन् । प्रसाईँका अभिव्यक्ति अराजक, तथ्यहीन र बेलगाम भएको भन्दै उनीहरुले प्रसाईँलाई पक्राउ नै गर्नुपर्नेमा जोड दिएका छन् । केपी शर्मा अ‍ोलीले दशैं लगत्तै प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर प्रसाईँलाई कारबाही गर्न आग्रह गरेका थिए । प्रसाईँका अभिव्यक्तिले सिमा नाघ्दै गएको भन्दै उनले प्रसाईँलाई कारबाही नगरे लोकतन्त्र नै धरापमा पर्न सक्ने बताएका थिए । ओलीले विदेशमा आफ्नो कहिँ लगानी कि त पुष्टी गर्न कि त प्रसाईँलाई कारबाही गर्न प्रचण्डलाई भनेका थिए । आफ्नो भएको सम्पति समेत देशलाई दिइसकेको अवस्थामा विदेशमा लगानी गरेको भनेर हल्ला फैलाउँदा त्यसबाट आफ्नो चरित्र हत्या भएको उनको भनाई थियो । ओलीको भनाईपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रसाईँले उतिबेला माओवादी परित्याग गरेर एमालेमा प्रवेश गर्दा दिएका अभिव्यक्ति स्मरण गर्न ओलीलाई सुझाएका थिए । उतिबेला प्रसाईँले आफ्नबारे मनपरी भन्दा अ‍ोलीले खुबै स्वाद मानेर सुन्ने र त्यसलाई प्रचार गर्ने गरेको भन्दै प्रचण्डले ओलीसँग गुनासो गरेका थिए । जवाफमा ओलीले उतिबेलाका ती पुराना कुरा सम्झेर कुनै फाइदा नभएको भन्दै अहिले प्रसाईँलाई कारबाही गर्न नसकिए राजावादीहरुको मनोबल उच्च हुने र त्यसबाट अहिलेको व्यवस्था नै धरापमा पर्दै जाने तर्क गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार