Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

म गुण्डाको पनि गुण्डा हो : दुर्गा प्रसाई


राजसंस्था पक्षधर अभियन्ता दुर्गा प्रसाईले आफू गुण्डाको पनि गुण्डा, डनको पनि डन र नेताको पनि नेता भएको बताएका छन् । आफ्नो गृहजिल्ला झापामा बिहिबार आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईले आफूलाई धम्क्याउने र थर्काउने काम नगर्न चेतावनी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र युवा संघका इन्चार्ज महेश बस्नेतप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रसाईले आफू ओली र बस्नेतबाट तर्सिने मान्छे नभएको बताए । महेश बस्नेतलाई गुण्डा र ओलीलाई हजुरबा भन्दै सम्बोधन गरेका प्रसाईले एमाले तस्करहरुको पार्टी भएको आरोप लगाए ।

आफूले अध्यक्ष ओलीलाई हेलिकोप्टरका राखेर घुमाउँदा अनि सयौंको संख्यामा युवाहरुलाई एमालेमा प्रवेश गराउँदा राम्रो र अहिलेचाहिँ ओली र महेश बस्नेतहरुका नजरमा आफू माफिया भएको भन्दै उनले ओलीहरुको नियत नै खराब भएको बताए । एमालेले सहकारीदेखि एनजीओ, आइएनजीओ, बैंक लगाएत सबै क्षेत्रमा लुट मच्चाएको भन्दै उनले एमाले लगाएतका दललाई जनताले पत्तासाफ गरिदिने चेतावनी दिए ।

यसैबीच प्रसाईँको अभियानमा साथ दिएका नेपाली कांग्रेसका पूर्व नेता एवं स्व. प्रधानमन्त्री कृष्णप्रसाद भट्टाईका निटकतम सहयोगी खेमराज सेढाईले प्रसाईँले शुरु गरेको अभियानमा लाखौं जनताको साथ मिल्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार