Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

एकै ठाउँमा दुर्गा प्रसाई र युवा संघले जुधाए कार्यक्रम, तिनकुनेमा गर्ने घोषणा


दुर्गा प्रसाई नेतृत्वको अभियान र एमालेको राष्ट्रिय युवा संघले मंसिर ७ को शक्ति प्रदर्शनको कार्यक्रम एकै ठाउँमा गर्नेगरी जुधाएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतिघरदेखि नयाँ वानेश्वर सम्मको क्षेत्रमा आगामी मंसिर ३० सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेपछि दुवै पक्षले प्रदर्शनका लागि तिनकुने रोजेका छन् ।

राष्ट्रिय युवा संघका उपाध्यक्ष कृष्णहरी केसीले आजको प्रेससँग कुराकानी गर्दै आफूहरुको प्रदर्शन तिनकुनेमा हुने जनाए ।

यसअघि दुर्गा प्रसाई नेतृत्वको अभियानका सह प्रवक्ता राजानन्द माण्डव्यले आजको प्रेससँग कुराकानी गर्दै सरकारले माइतिघरमा प्रदर्शन गर्न नदिने भएपछि आफूहरुले तिनकुनेमा प्रदर्शन गर्न लागेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार