मंसिर ७ गतेको कार्यक्रममा सहभागी हुन इटहरीबाट काठमाडौं आएका महिलाहरुलाई मध्यरातमा लखेटिएको छ । सुतिरहेको अवस्थामा राम्रोसँग लुगा समेत लाउँन नदिई महिलाहरुलाई लखेटिएको हो ।
काठमाडौंको जडिबुटी क्षेत्रमा रहेको एक पार्टी प्यालेसमा ती महिलाहरु सुतिरहेका थिए । यो घटनामा एमालेको युवा संघको हात रहेको दुर्गा प्रसाई नेतृत्वको अभियानले आरोप लगाएको छ ।
यता राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष कृष्णहरी केसीले भने युवा संघले नभई जनस्तरबाट गणतन्त्र बिरोधीहरु लखेटिएको हुन सक्ने बताएका छन् । आजको प्रेस डटकमसँग कुराकानी गर्दै उपाध्यक्ष केसीले गणतन्त्र बिरोधीहरुले यसबाट पाठ सिक्नुपर्ने बताए ।





