प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइने बताएका छन्। खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने उनले बताए।
आज भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना खोपको अभाव हुन नहुने बताएका हुन्। ‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ,’ उनले भने, ‘सबैलाई निस्शुल्क खोप लगाउने हो। अनुदानबाट प्राप्त र अपुग हुने खोप खरिद गरेर भए पनि सबैलाई पूर्ण मात्रामा खोप लगाउनुपर्छ।’
अहिलेसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहिलो मात्रामा खोप लगाइसकेका छन् भने दोस्रो मात्राको खोप जम्मा २२ प्रतिशतले मात्रै लगाएका छन्।






