छापावाला सुनको मूल्यमा आज ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत बुधबार कै मूल्य कायम हुँदै आज प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





