
युएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु फेला परेको छ।
युएईबाट काठमाडौं आएको विमानको शौचालयको कमोडमा भर्खर जन्मिएको शिशु फेला परेको हो।
सबै यात्रुहरू उत्रिएपछि विमान सफा गर्न गएको कर्मचारीले शौचालयमा बच्चा फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले बच्चाको उद्धार गरेर आमा खोज्दा कुवेतबाट आएकी एक नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पठाएको ती युवती घरेलु कामदारको रूपमा कुवेत गएको खुलेको थियो। उनी गर्भवती भएर नेपाल फर्किएको खुलेको छ।
बच्चा र आमा दुवैलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल लगिएको प्रहरीले जनाएको छ।