Logo
२०८१, ३२ असार सोमबार
|  Mon Jul 15 2024

चोरीको विषयमा विवाद हुँदा दुई पक्षबिच झडप, एक जनाको मृत्यु


चोरीको विषयलाई लिएर धनुषामा दुई पक्षबिच बिहीबार साँझ झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडप हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबिच झडप भएको थियो । सोही झडपका क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

चोरीको विषयमा विवाद भएपछि प्रहरी कार्यालयमा ल्याएर छलफल समेत गराइएको थियो । तर स्थानीयले भने प्रहरीले हिरासतमा लिई कुटपिट गरेपछि मण्डलको मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा ढुङ्गामुढासमेत गरेका छन् ।

स्थानीयहरु तोडफोडमा उत्रिएपछि प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । शंकरको हातमा गोली लागेको छ ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार