Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

जेसीबी दुर्घटना हुँदा च्यापिएर सहचालकको मृत्यु


बागचौर नगरपालिकामा जेसीबी दुर्घटनामा सहचालकको मृत्यु भएको छ।

शनिबार बिहान बागचौर–३ स्यालागैरामा रा १ क ८५९ नम्बरको जेसीबी दुर्घटना हुँदा दाङको गडवा गाउँपालिका ५ का २४ वर्षीयदीपेन्द्र चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार तिरुपाते कम्पनीको जेसीबी सडक निर्माणका क्रममा अनियन्त्रित भई अन्दाजी १० मिटर तल खसेको थियो। च्यापिएर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !
विचार