Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

सूचना आयोगले बुंगल नगरपालिकासँग माग्यो सातदिने लिखित जवाफ


बझाङ जिल्लाको बुंगल नगरपालिकासँग राष्ट्रिय सूचना आयोगले सातदिने लिखित जवाफ माग गरेको छ। पत्रकार सुरेश धामीको पुनरावेदनका आधारमा आयोगले नगरपालिकासँग जवाफ मागेको हो।

धामीले सूचनाको हकसम्बन्धी ऐनअनुसार सूचना माग गर्दै केही समय अगाडी नगरपालिकाका सूचना अधिकारीलाई निवेदन दिएका थिए। तर १५ दिनभित्र सूचना नपाएपछि उनले कार्यालयका प्रमुखलाई उजुरी दिएका थिए।

उजुरीमाथि सुनुवाइ नभएपछि धामीले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए।

पुनरावेदनमाथि सुनुवाइ गर्दै सात दिनभित्र लिखित जवाफ पेश गर्न नगरपालिकाका नाममा राष्ट्रिय सूचना आयोगले आदेश दिएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार