गुल्मीमा एक महिनादेखि हराएका व्यक्ति मृत फेला परेका छन् ।
जिल्लाको रेसुंगा नगरपालिका–७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । चुँदाराको शव अर्जुन डाँडाको जंगलमा फेला परेको हो । चुँदारा गत मंसिर १ मा घरबाट केही नभनी हिँडेका थिए ।
उनको खोजी गरिदिन परिवारका सदस्यले जिल्ला प्रहरी कार्यलय गुल्मीलाई आग्रह गरेका थिए । चेतमानको शव पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याउने तयारी भइरहेको छ ।
घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।