Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

काठमाडौँसहित विभिन्न स्थानबाट ४ जना मृत फेला


काठमाडौँसहित विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्‍वर नगरपालिका–२ पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै संखुवासभाको भोटखोला गाउँपालिका–४ का १५ वर्षीया रितुमाया तामाङ सोही ठाउँस्थित छिलिम भिरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैबीच बर्दियाको बारबर्दिया नगरपालिका–१० स्थित तुलानाथ सामुदायिक वनमा अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । उनको सनाखत भइसकेको छैन ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार