Logo
३१ श्रावण २०८३, आईतवार
|  Mon Aug 17 2026

बीपीलाई लिएर मेयर साम्पाङले लेखे स्वास्थ्यमन्त्रीलाई पत्र


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गर्दै मंगरबार पत्र लेखेका छन् ।

मन्त्री बस्नेतलाई पत्र लेखी मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपतिलाई उपस्थित गराएर निकासका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

प्रतिष्ठानमा दिनहुँ आन्दोलन भएको, बहिरंग सेवा बन्द हुँदा बिरामीको उपचार प्रभावित भएको पठनपाठन र परीक्षासमेत ठप्प भइरहेको भन्दै उनले तत्काल कायममुकायम उपकुलपति अर्याललाई उपस्थित गराई समस्याको हल खोज्न र अस्पताललाई निकास दिन सहयोग मागेका हुन् ।

पत्रमा लेखिएको छः


यसभन्दा अगाडी नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेयर साम्पाङले ताला लगाइसकेका छन् । साम्पाङले हस्पिटलका बारेमा सामाजिक सञ्जाल फेसबुक पेजमा पनि आफ्ना कुराहरु राख्दै आइरहेका छन् ।

उनले आज मात्रै लेखेका छन्ः जनताको खुन र जनताले खाने नुन भन्दा ठुलो हुँदैन कानुन ! जनताको स्वास्थ्य र जीवन सङ्ग खेल्वाड हुँदा सम्बन्धित निकायले चासो दिंदैन भने त्यस्ता कानुन च्यातेर अघि बढ्न नपरोस् म ! धराने हो… बि.पि. अस्पताल अब धरानले चलाउनु पर्छ है ! केन्द्रले वास्ता गरेन ! बुझौँ र उठौँ !


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार