हिलारी हिक्मत बोहरा खेलकुद महासंघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । लामो समयदेखि राजनीतिमा रहेका उनी खेलकुद महासंघको केन्द्रिय सदस्यमा चुनिएका हुन् ।
उनी लामाे समयसम्म राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य समेत रहेका थिए । राजनीतिमा लागेका उनले खेलकुदलाई माया मार्न नसकेर फेरि खेलकुदमै फर्किएकाे बताएका छन् ।
खेलकुदबाट नै ख्याति कमाएका हिलारीले जिल्ला स्तरीय, क्षेत्रीय र राष्ट्रिय स्तरसम्म भाग लिएर खेल खेलेका छन् ।