Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

आजदेखि यु–१९ एकदिवसीय विश्वकप सुरु


दक्षिण अफ्रिकामा हुने यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड र अमेरिकाको टोलीले खेल्ने छ ।

समूह ए का यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे ब्लोएमफोन्टेनमा हुनेछ। यही समयमा हुने अर्को खेलमा दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुनेछ। पोट्चेफस्ट्रोममा हुने खेलमा समूह बी का दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्न लागेका हुन्।

समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार दिउँसो १ बजे न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया दिनुहोस !
विचार