Logo
३१ श्रावण २०८३, आईतवार
|  Mon Aug 17 2026

माइतीघरमा प्रदर्शन गर्ने दर्जनभन्दा बढी पक्राउ


निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार झन्डा र प्लेकार्डसहित माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूले ’माइतीघरको निषेधाज्ञा खारेज गर’, ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’ लेखिएको प्लेकार्ड बोकेर नारा समेत लगाएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार त्यहाँबाट १७ जनालाई नियन्त्रमा लिइएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । दुर्गा प्रसाईं नेतृत्वले वृहत आन्दोलनको घोषणा गरे पछि माइतीघरलाई काठमाडौं प्रशासनले गत मंसिरदेखि निषेधित क्षेत्र तोकेको थियो ।

निषेधित क्षेत्र तोकेर जनताको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्न खोजिएको भन्दै नागरिक समाजदेखि, सामाजिक अभियान्तालगायत राजनीतिक दलका भातृ संगठनहरूले विरोध गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार