Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

नारायणहिटीको पर्खाल भत्काउन बालेनको पत्र


काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालयको पर्खाल मापदण्ड बिपरित भएको भन्दै भत्काउन पुनः निर्देशन दिएको छ । यसअघि दिइएको निर्देशन कार्यान्वयन नभएको भन्दै महानगरपालिकाले मापदण्ड अनुसारको पर्खाल बनाउन भनेको हो ।

महानगरपालिकाले नेपाल ट्रष्टलाई पुनः लेखेको ताकेता पत्रमा मापदण्ड कायम गर्न भनिएको छ । राजसंस्था अन्त्य गरेर गणतन्त्र घोषणा गरिएपछि नारायणहिटी दरबार संग्रहालयमा परिणत गरिएको थियो भने उक्त संग्रहालय नेपाल ट्रष्ट अन्तर्गत राखिएको छ । काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न संरचनाहरू मापदण्ड विपरित रहेको पाइए भत्काउँदै आएको काठमाडौ महानगरपालिका अहिले नारायणहिटी दरबारतिर सोझिएको छ ।

मेयर बालेन शाहले नारायणहिटी को पर्खालमा पनि मापदण्डको आँखा लगाउनुलाई भने धेरैले अर्थपूर्ण रूपमा लिएका छन् । महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन बुधबार नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई पत्र लेखेको छ ।

बुधबार एकपत्र काट्दै महानगरले सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) बमोजिम पर्खालको संरचना बनाउन आग्रह गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार