Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

पूर्व मन्त्री एवं कांग्रेसका नेता पौडेलको मृत्यु


बसको ठक्करबाट पूर्व मन्त्री एवं कांग्रेसका नेता बलराम पौडेलको मृत्यु भएको छ ।

बुधबार बिहान नवलपुरको गैंडाकोट कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमै मत्यु भएको उनी निकट स्रोतले बतायो ।

ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार