Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

मानव तस्करीमा संलग्न ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध आज मुद्दा दर्ता हुँदै


मानव तस्करीमा संलग्न २२ जनाविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्न ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो।

हिजो बुधबार दर्ता हुने भनिएपनि उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधनका कारण शोक विदा दिइएकाले आज मुद्दा दर्ता गर्न लागिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन माघ १४ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गरेको थियो।

सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो।

त्यसबाहेक भिजिट भिसामा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार