Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

रास्वपाले दुई महिना ‘राष्ट्रव्यापी दबाब अभियान’ सञ्चालन गर्ने


रवि लामिछाने नेतृत्वको रास्वपाले आइतबारदेखि सातै प्रदेशमा ‘राष्ट्रव्यापी दबाब अभियान’ सञ्चालन गर्ने भएको छ । अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन रास्वपाले दबाब अभियान गर्ने भएको हो ।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । रास्वपाले दबाब अभियानमा सातै प्रदेशबाट अगुवाई गर्ने सांसद, सहभागी हुने पदाधिकारी÷केन्द्रिय सदस्य, विभागिय पदाधिकारीको नाम टुङगो लगाएको छ ।

चैत २१ गतेसम्म तय भएको अभियान पहिलो चरणको अभियान हो । माघ २१ बाट सञ्चालन हुने अभियानमा आइतबार रास्वपाका शभापति रवि लामिछानेले बागमती प्रदेश अन्र्तगत सिन्धुपाल्चोकको मेलम्चीबाट सुभारम्भ गर्ने सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् ।

सभापति रवि लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार