Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

सुनको भाउले रेकर्ड तोड्दै


नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको हो । यसअघि बिहीवार र शुक्रवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार