Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, हालसम्मकै उच्च


सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो ।

बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ ।

अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार