Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

“ठग भगवान“


    “ठग भगवान“                                                                                                                                                                                                                                                                   डा. मनोज कुमार झा

भ्रष्ट र भ्रष्टाचारको बिगबिगी मात्रै कहाँ छ र यहाँ,
नैतिकता, आदर्श र मानवताको खडेरी नै परेको छ यहाँ,
चोर र लूटेराको साम्राज्य नै स्थापित भएको भान हुन्छ यहाँ,
मान्छेको त के कुरा गरौं, भगवान पनि ठग रहेछन् यहाँ ।।

साधुको भेषमा छद्मभेषीहरु घुम्दा रहेछन् यहाँ,
दिउँसै आँखामा झारो हाल्ने डाँकाहरु थुप्रै रहेछन् यहाँ,
भाषण र चटक ले नै जनता बेकुफ बनाउँदा रहेछन् यहाँ,
पुरानाका त कुरा के गरुँ, नयाँ त झन ठुलो ठग रहेछन् यहाँ ।।

राजनीतिको आडमा वेश्यावृत्ति मौलाएको प्रष्ट देखिन्छ यहाँ,
सरकारी ढुकुटीको त कुरै छाडौं, जनताको गोजी–घरबार समेत लुटिदो रहेछ यहाँ,
नेता–कार्यकर्ताको त के कुरा गरुँ, श्रीमान–श्रीमती बिच कुटाकुट हुँदोरहेछ यहाँ,
आर्थिक आतंकवादको जालोमा भगवान पनि ठग रहेछन् यहाँ ।।

सुधार र समृद्धिको नाममा मत समेत ठगीदो रहेछ यहाँ,
आशा र विश्वासको बलात्कार गरेर ठगीको व्यापार फस्टाएको छ यहाँ,
ठग साम्राज्यका मालिक देखि पहरेदार मात्रलाई सुख–चैन रहेछ यहाँ,
भगवान समेत ठग प्रमाणित भएर भौमान बनेको देखियो यहाँ ।।

मन्दिरको घण्टी देखाएर पनि ठगी व्यापार गरिदो रहेछ यहाँ,
राष्ट्रवादको घण्टी हल्लाएर राष्ट्रघात–जनघात गरिदो रहेछ यहाँ,
स्वच्छताको प्रतीक घण्टी ठगहरुले समाउँदा मन्दिर पनि अपवित्र भएको छ यहाँ,
ठगहरुको सरदारले घण्टी हल्लाउँदै भगवानलाई पनि भौमान बनाएको छ यहाँ ।।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार