Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

जुत्ता चप्पल लगाउँनै नपाइने गाउँ


हामी बिहान उठेदेखि बेलुकी ओछ्यानमा नगएसम्म प्रायः जुत्ता चप्पल टुटाउँदैनौ । भान्सामा काम गर्दा होस् या बाहिर निस्कँदा होस् जुत्ता चप्पल लगाएकै हुन्छौं । गाउँघर तिर बुढापाका आमा बुवाहरु वरपर करेसाबारी सम्म खाली खुट्टा जानु सामान्य हो तर, भारतको एक राज्य तमिलनाडुमा रहेको कलिमायम गाउँमा जुत्ता चप्पल लाउनलाई भने बन्देज रहेको छ ।
गाउँमा बुढापाकाहरुले त जुत्ता चप्पल लगाउँदैनन् नै उनीहरुले बालबालिका हरुलाइ पनि लाउँन दिँदैनन् । यदि कसैले लगाइहाल्यो भने कडा डण्द दिइने गरिन्छ ।
तपाइँ यो सुनिरहँदा अचम्मित भइरहनु भएको होला किने यस्तो ? खास त्यहाँको धर्म र परम्पराको कारण यो सब चल्दै आएको हो । गाउँका मानिसहरु सयाँै बर्ष देखि अपाच्छी नामक देवताको पुजा आरधना गर्दै आएका छन् । गाउँका सबै मानिसको रक्षा अपाच्छी देवताले गर्ने विश्वास रहेको छ । जुत्ता चप्पल लगायो भने अपाच्छी देवता रिसाउँछन् भन्ने मान्यताका कारण यो परम्परालाई स्थानीयले जोगाउँदै आएका हुन् ।
स्थानीय बासिन्दाहरु गाउँबाट टाढा जानुपर्दा जुत्ता चप्पल हातमा लिएर जाने र गाउँको सिमा बाहिर गएर लाउने गर्दछन । बाहिरबाट आउँदा पनि सोही प्रकृया अपनाउने गर्दछन ।


प्रतिक्रिया दिनुहोस !
विचार