सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
लामो समयदेखि निमोनियाबाट पीडित मल्ल पछिल्लो समय कोरोना संक्रमित भएका थिए । उनको ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मल्लको हिजो राति ११ बजेतिर मृत्यु भएको हो । उनको आज अन्त्येष्टि गरिने भएको छ ।
उनी २०७४ सालमा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । २०७६ कार्तिकमा उनी पदमुक्त भएका थिए ।