Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने


क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा मैझारो गरिएको हो ।

मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।

बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् । उनीहरू बहसका क्रममा उठेको काठमाडौँको होटलको सीसीटीभी फुटेज हेर्न थालेका छन् । सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बस्ने भनी पुगेको होटलको सीसीटीभी फुटेज पनि पेस गरेको थियो । उक्त फुटेज हेरेपछि अदालतले फैसला लेख्ने छ ।


प्रतिक्रिया दिनुहोस !
विचार