Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु


कञ्चनपुरमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। जमेको पानीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन्। पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको सोमबार दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरतीको अवस्था अज्ञात छ। उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन्। प्रहरीले आरतीको खोजी गरिरहेको छ।

चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा जमेको पानीमा डुबेका प्रहरीले जनाएको छ। दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकांश क्षेत्र डुबानमा परेको छ। बाटाघाटा सबै डुबानमा परेकाले घर बाहिर निस्किन सकिने अवस्था छैन।

यसअघि आइतबार घरभित्र बाढी पस्दा डुबेर कृष्णपुर नगरपालिका–१ पहरियामा सात महिनाका सोनु धानुकको मृत्यु भएको थियो भने बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार