Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

जमेको पानीमा डुबेर ज्यान गुमाएका कञ्चनपुरका तीन किशोरीको सामूहिक अन्त्येष्टि


जमेको पानीमा डुबेर ज्यान गुमाएका पुनर्वास नगरपालिकाका ३ किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । आज तीनैजनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार पोष्टमार्टमपछि मंगलबार सामूहिक दाहसंस्कार गरिएको हो । पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको पुनर्वास नगरपालिका स्रोतले जनाएको छ ।

सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ रातोखाली गाउँकी १६ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १३ वर्षीया आरती बोगटीको रातोखालीस्थित जमेको पानीमा डुबेर निधन भएको थियो ।

मृतक तीनजनासहित १२ वर्षीया अञ्जली बोगटी चारजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। अञ्जली भने बाँच्न सफल भएकी छिन्।

मृतक तीनजना किशोरीको सामूहिक दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी भएका थिए । उनले पीडित परिवारलाई भेटेर सान्त्वना दिएका थिए । त्यस क्रममा मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार