कैलालीमा अचेत अवस्थामा भेटिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–५ बस्ने ५१ वर्षीय सागर विक र अर्का एकजनाको भने परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुवैजना मंगलबार लम्कीचुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार विकलाई स्थानीय सडकखण्ड र परिचय नखुलेका अर्का पुरूष लम्कीचुहा नगरपालिका–३ को रानीजमराकुलरिया सिचाइँ आयोजनाको नहरमा अचेत फेला परेका हुन् ।
उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको जनाइएको छ ।






