चितवनको भरतपुर महानगरपालिका २८ मा एक भारतीय नागरिकको शव फेला परेको छ ।
नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
शव भेटिएका व्यक्ति सिमलताल पहिरामा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ । पुष्टि गर्न बाँकी जनाइएको छ ।